Shedrub

छोकि निमा रिन्पोछेको
अनलाइन गतिविधिको गढ

लुम्बिनी र लुम्बिनीमा हुन गइरहेको बुद्धवचन वाचनको महत्व।

औँसीको पवित्र दिनमा हामीले गुरुको एउटा महत्त्वपूर्ण र सुन्दर शिक्षालाई सार्वजनिक गरेका छौं। उक्त भिडियोमा रिन्पोछेले पाली, चिनियाँ, तिबेती र अङ्ग्रेजी लगायतका भाषाहरूमा हुन गइरहेको बुद्धवचन वाचन कार्यक्रम को महत्वलाई उद्देश्य सहित व्याख्या गर्नुभएको छ। तथागत बुद्धको जन्मस्थल लुम्बिनीमा देव अवतरण दिवसको अवसरमा हुन गइरहेको यस कार्यक्रम विशेष रहेको छ।
विश्वभरिका सङ्घहरू र उपासक-उपासिकाहरूको संलग्नतामा हजार बुद्ध गुम्बाका सुनको मोलम्बा लगाएका विशाल त्रिकाय बुद्ध लगायत हजार बुद्धहरूको अगाडि हुन गइरहेको यो अत्यन्त प्रभावशाली अभ्यास हो।

यस बुद्धवचन वाचन कार्यक्रमबाट संसारलाई, प्राणीहरूलाई एवं आआफ्नो आध्यात्मिक जीवनमा हुने असंख्य दीर्घकालीन फाइदाहरूको बारेमा रिन्पोछेले भिडियोमा व्याख्या गर्नुभएको छ।

४५ औँ वार्षिक ध्यान शिविरसँगै यस बुद्धवाचन वाचन कार्यक्रम हुन गइरहेको छ। शिविरको दौरानमा “त्रियान: दृष्टि, चर्या र भावना”को बारेमा प्रवचन दिनुहुनेछ।

लुम्बिनीमा सबैलाई सहभागी हुन हार्दिक अपिल गर्दछौँ।!

यस कार्यक्रम अनलाइन मार्फत पनि प्रसारण हुने भएकोले प्रत्यक्ष रुपमा लुम्बिनीमा उपस्थित हुन नसक्नेहरू अनलाइन प्रसारण मार्फत लाभान्वित हुन सक्छन्।

यदि तपाईँले यस कार्यक्रमको निमित्त सहयोग गर्न चाहनुहुन्छ भने गुम्बाको कार्यालयमा सम्पर्क गर्नुहोला।

नेपाली उपशीर्षक सहितको अंग्रेजी

नेपाली उपशीर्षकहरू सहित तिब्बती

Scroll to Top

Join the Shedrub Newsletter!

Melde dich als Shedrub Mandala Schüler an!