A SHEDRUB MANDALA ACTIVITY

Shedrub

The Online Home of
Chokyi Nyima Rinpoche

बुद्ध वचन पाठ साथै
४५ औँ वार्षिक ध्यान शिविर

Nov. 11, 2025
Nov. 17, 2025

जानकारी र दर्ता

लुम्बिनीको हजारौँ बुद्ध मन्दिरको वार्षिकोत्सवको विशेष कार्यक्रमहरूको लागि तपाईँ लुम्बिनी आउन लाग्नु भएकोमा हामी खुसी छौँ।बुद्ध वचन पाठ (पाली, चिनियाँ, तिब्बती र अंग्रेजीमा) सँगै छोकी निमा रिन्पोछेसँग ४५औँ वार्षिक ध्यान शिविर: “त्रियानको दृष्टि, भावना, चर्या, र फल”

रहेको छ। यस कार्यक्रम कार्तिक २५ गते देवावतरण दिवसको दिन देखि मङ्सिर २ गतेसम्म हुनेछ।

बुद्ध वचनको पाठ एक प्रशंसनीय पुण्य कार्य हो – अझ बुद्धको जन्मस्थल लुम्बिनीमा हुने र देवावतरण दिवस देखि सुरु हुने भएकोले यो झन् विशेष छ। देवावतरण दिवस बुद्ध शाक्यमुनि तुषिता क्षेत्रहरूबाट हाम्रो संसारमा फर्किनु भएको महान् पर्व दिन हो।

विभिन्न भाषाहरूमा एकै साथ पाठ हुनेछ। पाली, चाइनिज, तिब्बती र अङ्ग्रेजीका अलावा सेमिनारमा अनुवाद गरिने सबै भाषामा पाठ गर्न सकिनेछ।

सबै पठन पूरा नभएसम्म हरेक दिन तीन सत्र पाठ हुनेछ।हरेक दिन एक सत्र प्रवचन हुनेछ

आर्य तारा त्रि उत्तम शिविर : भाग १ मङ्सिर ३, ४ र ५ गते रिन्पोछेले ताराको बाह्य, भित्री र गुह्य अभिषेक  प्रदान गर्नुहुनेछ । यी अभिषेक प्राप्त गर्नको लागि तपाईँ त्रिउत्तमको अभ्यासकर्ता हुनु आवश्यक छैन। ताराको बाह्य अभिषेक सबैका लागि खुला छ। भित्री र गोप्य अभिषेक ती व्यक्तिहरूका लागि हो जो अभ्यासमा गम्भीरतापूर्वक रुचि राख्छन्।  नोटः आर्य तारा त्रि उत्तम शिविर : भाग २ मङ्सिर ६-१२ सम्म लामा तेन्जिङ् शाङ्पो द्वारा एक हप्ता सञ्चालन हुनेछ।  यदि तपाईँ उक्त शिविरको लागि दर्ता गर्न चाहनुहुन्छ भने, कृपया यहाँ जानुहोस्: : https://stg.dharmasun.org/ne/tte-lumbini-retreat-2025

यदि आर्य तारा त्रि उत्तम शिविरको बारेमा कुनै प्रश्नहरू छन् भने, कृपया [email protected]  लाई सम्पर्क गर्नुहोस्।

 

कार्यक्रमको दौरानमा गुम्बाले नै जलपान, भोजन, चिया र खानाको व्यवस्था गर्ने छ। वासस्थान तथा यात्राको जिम्मेवारी आफू स्वयंले लिनुपर्नेछ। ।

हामी तपाईँलाई सकेसम्म चाँडो दर्ता गर्न प्रोत्साहित गर्छौँ!  लुम्बिनीमा सहभागी हुन चाहनेहरूको निमित्त पर्याप्त स्थान उपलब्ध छ। तपाईँले गर्नुभएको शीघ्र दर्ताले ऐतिहासिक कार्यको तयारीमा मद्दत मिल्नेछ। कार्यक्रम सम्बन्धी थप जानकारी चाँडै नै उपलब्ध गराउनेछौँ!

कृपया यो दर्ता फारम ध्यानपूर्वक पढ्नुहोस् र पूरा भर्नुहोस्। तपाईँले दर्ता फारमको अन्त्यमा “Submit” बटन क्लिक नगरेसम्म र पुष्टीकरण सन्देश र इमेल प्राप्त नगरेसम्म तपाईँको दर्ता पूरा हुँदैन।

यदि तपाईं धर्मज्ञान विद्यालयका विद्यार्थी हुनुहुन्छ, र तपाईंको शिक्षकले तपाईँलाई काङ्ग्युर पाठ गर्न स्वीकृत गर्नुभएको छ भने, कृपया गुम्बा कार्यालयमा पाठ गर्नको लागि नाम टिपाउनु होस्। यहाँ दर्ता नगर्नुहोस्।

दर्ता फारम

दर्ता समाप्त भएको छ!

हामी अत्यन्त हर्षित छौँ कि लुम्बिनीको हजार बुद्ध मन्दिरमा बुद्धका वचनहरूको पहिलो पाठ आज, १७ नोभेम्बर २०२५ मा सफलतापूर्वक सम्पन्न भएको छ!

RYI पूर्व छात्रहरूलाई निमन्त्रणा !

RYI ले सबै पूर्व विद्यार्थीहरू र कर्मचारीहरूलाई विशेष RYI पूर्व छात्र डिनरमा न्यानो निमन्त्रणा गर्दछ। शनिवार, मंसिर १५, लुम्बिनी वार्षिक सेमिनारमा आयोजित यो जमघट हाम्रो साझा यात्रालाई पुन: जडान गर्ने, सम्झाउने र मनाउने अवसर हो।

दर्ता विवरणहरू आगामी RYI पूर्व छात्र न्यूजलेटरमा घोषणा गरिनेछ।

अझै सदस्यता छैन? सम्पर्कमा रहनुहोस् – सदस्यता लिनुहोस् यहाँ तपाईँले दर्ता घोषणालाई नछुटाउन सुनिश्चित गर्न!

प्रश्नहरूको लागि, कृपया सम्पर्क गर्नुहोस् [email protected]

Scroll to Top

Join the Shedrub Newsletter!

Melde dich als Shedrub Mandala Schüler an!