Shedrub

छोकि निमा रिन्पोछेको
अनलाइन गतिविधिको गढ

बुद्ध वचन पाठ कार्यक्रम

दर्ता अब खुला छ: https://stg.shedrub.org/ne/events/recitation-2025

विशेष घोषणा!

यस वर्षको कार्तिक २५ गते मङ्गलबार, देव अवतरण दिवस अर्थात् ल्हाबाब दुछेन परेको छ। यो दिन शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी स्थित सहस्र बुद्ध गुम्बाको निर्माण सम्पन्न भएको वार्षिकोत्सव पनि हो। तसर्थ, गुम्बा उद्घाटन गरिएको एक वर्ष पुरा भएको अवसरमा विशेष “बुद्ध वचन पाठ कार्यक्रम”को आयोजना गरिनेछ। यस अवसरमा पालि, चिनियाँ, तिब्बती, अङ्ग्रेजी तथा अन्य अनुवादित भाषाहरूमा बुद्धका वचनहरू पाठ गरिनेछ। यी अमूल्य शिक्षाहरू केवल बौद्ध अनुयायहरूका लागि मात्र नभई सम्पूर्ण मानव सभ्यताको साझा धरोहर हो।

विशेषगरी २१औँ शताब्दीमा बुद्धको ज्ञान अझ सान्दर्भिक छ, किनभने आधुनिक विज्ञान र यस प्राचीन प्रज्ञाको सुन्दर मिलनद्वारा आजको युगका चुनौतीहरूलाई सामना गर्न सहयोग पुर्‍याउँछ। बुद्धका करुणा र प्रज्ञायुक्त शिक्षाहरूको सामूहिक वाचनले संसार नै उज्यालो पार्दछ र सबैलाई शान्ति एवं अन्तरदृष्टिको अनुभूति गराउँदछ।

यस “बुद्ध वचन पाठ कार्यक्रम” र श्रद्धेय गुरुवर छोकी निमा रिन्पोछेको “४५औँ वार्षिक ध्यान शिविर” संयुक्त आयोजना हुनेछ। कार्तिक २५ देखि मंसिर १गते सम्म “४५औँ वार्षिक ध्यान शिविर” आयोजना हुनेछ। यस वर्षको शिविरको शीर्षक रहेको छ, “त्रियान: दृष्टि, भावना, चर्या र फल”।

यस ध्यान शिविर पश्चात “आर्य तारा त्रि- उत्तम शिविर” हुनेछ। मंसिर २ देखि ४ गते सम्म रिन्पोछेले आर्य ताराको बाह्य, भित्री र गुह्य अभिषेकको साथै त्यस सम्बन्धी उपदेश प्रदान गर्नु हुनेछ। यो “आर्य तारा त्रि- उत्तम शिविर”को पहिलो खण्ड हुनेछ। यसपछि “आर्य तारा त्रि- उत्तम शिविर” को दोस्रो खण्डमा ड्रुपोन लामा तेन्जिन सङ्पोको नेतृत्वमा एक हप्ता सम्म ‘प्रारम्भिक अभ्यास शिविर’ हुनेछ।

यस पवित्र कार्यक्रममा सहभागी भएर अमूल्य शिक्षाहरू प्राप्त गर्न लुम्बिनीमा आउन आमन्त्रण गर्छौं। प्रत्यक्ष सहभागी हुन असमर्थहरूको निमित्त “बुद्ध वचन पाठ कार्यक्रम” र “४५औँ वार्षिक ध्यान शिविर”लाई सकेसम्म प्रत्यक्ष प्रसारण गर्नेछौं, ताकि तपाईं संसारको जुनसुकै कुनाबाट पनि सहभागी हुन सक्नु होस्।

कार्यक्रम सम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिनेछ!

Scroll to Top

Join the Shedrub Newsletter!

Melde dich als Shedrub Mandala Schüler an!